ओखलढुंगा । ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका ७ रावादोलुमा रहेको नीलकण्ठ महादेव मन्दिर ओझेलमा परेको छ । ४ वर्षअघि खिजीकाति रावादोलु सडक निर्माणका क्रममा भेटिएको मन्दिर प्रचारप्रसारको कमीका कारण ओझेलमा परेको हो ।
पहराको गुफामा रहेको मन्दिरमा महादेव र गणेशको मुर्तिसहित विभिन्न संरचना रहेको स्थानीयले बताएका छन् । गुफाभित्र शंख, मानव हात, गाईको थुनलगायतको आकार रहेको छ ।
यहाँका स्थानीयले विभिन्न चाँडबाँड तथा शुभकार्यमा मन्दिरमा पूजाआजा गर्ने गरेको मन्दिरका पुजारी डम्बरबहादुर खड्काले बताउनुभयो । मन्दिरको गुफाभित्र निकै परसम्म सुरुङ समेत रहेको पुजारी खड्काको भनाई छ । उक्त मन्दिरमा स्थानीयले चिताएको पुग्ने विश्वास गर्दै आएका छन् ।