ओखलढुंगा । पत्रकार बाला अधिकारीलाई जनसेवाश्री पदकबाट विभूषण गरिने भएको छ । सरकारले आज संविधान दिवसको अवसरमा उहाँलाई विभूषण गर्ने घोषणा गरेको हो ।
उहाँले पत्रकारिता क्षेत्रमा गरेको योगदानको कदर गर्दै उक्त विभुषण दिने तयारी गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । पत्रकार अधिकारी नेपाल पत्रकार महासंघका उपाध्यक्ष हुनुहुन्छ । अधिकारीले २ दशक लामो समयदेखि पत्रकारिता गरिरहनु भएको छ । उहाँ नेपाल प्रेस युनियनका नेता समेत हुनुहुन्छ ।