ओखलढुंगा । ओखलढुंगामा गएको साउनदेखि पुस महिनासम्ममा आगलागीबाट २२ करोड ११ लाख ८१ हजार रुपैयाँ क्षति भएको छ ।
जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका अनुसार ६ महिना अवधिमा १६ वटा आगलागीका घटना घटेका छन् । चालु आर्थि वर्षमा आगलागीबाट मानवीय क्षति भने भएको छैन । आगलागीबाट १ सय २८ बाख्रा, एउटा भैंसी र ५ वटा कुखुरा गरी १ सय ३४ वटा पशु चौपाया क्षति भएको प्रहरीले जनाएको छ ।