ओखलढुंगा । रजत जयन्तीको अवसर पारेर जलदेवी समाजसेवी युवा क्लब जन्तरखानीले आयोजना गरेको खुला भलिबल प्रतियोगिताको उपाधि मैदानेको इन्द्रवती बी टीमले हात पारेको छ । भलिबल प्रतियोगितामा जिल्ला प्रहरी कार्यालय ओखलढुंगालाई सोझो सेटमा हराउदै सो टीमले उपाधि सुरक्षित गरेको हो ।
विजेता टीमले नगद ५० हजारका साथमा शील्ड, मेडल र प्रमाणपत्र जितेको छ । उपविवजेता प्रहरी टीमले नगद ३० हजार, मेडल र प्रमाणपत्र पाएको छ ।
यस्तै मैदानेकै इन्द्रवती ए टीम जन्तरखानी बाख्रे टीमलाई पराजित गर्दै तेस्रो भएको छ । उक्त टीमले नगद २० हजार सहित मेडल र प्रमाणपत्र हात पारेको छ । पराजित हुदै सान्त्वना भएको जन्तरखानी बाख्रेले नगद १० हजारसहित प्रमाणपत्र प्राप्त गर्न सफल भएको छ ।
गएको २५ गतेदेखि सञ्चालनमा आएको खेल आइतबार सम्पन्न भएको हो ।