ओखलढुंगा । जिल्लाको सिद्धिचरण नगरपालिका १ मा ट्याक्टर दुर्घटना हुँदा २ जना घाइते भएका छन् । दूधकोशी नदीबाट बालुवा लिएर नारायणस्थानतर्फ आउँदै गरेको ट्याक्टर तलुवाको गणेशस्थानमा दुर्घटनामा परेको हो ।
लु ४ त ७२७९ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा ट्याक्टर चालक मानेभञ्ज्याङ गाउँपालिका १ का अन्दाजी १९ वर्षीय नवीन राई र सोही वडाका रामकुमार श्रेष्ठ घाइते भएका छन् ।
प्रहरीका अनुसार चालक राईको अवस्था गम्भीर छ । उनको टाउको र बायाँ आँखामा चोट लागेको जिल्ला प्रहरी कार्यालय, ओखलढुंगाले जनाएको छ । घाइतेलाई ओखलढुंगा सामुदायिक अस्पताल लगिएको छ ।
ट्याक्टर सडकभन्दा ३० मिटर तल झरेको थियो ।