ओखलढुंगा । स्वर्गीय नेता हेमप्रसाद दाहाल र उहाँकी धर्मपत्नी बेदुका दाहाल दम्पतिको सम्झनामा ओखलढुंगा कांग्रेसले शोकसभा आयोजना गरेको छ । पार्टी कार्यालय रामबजारमा १५औँ पुण्यतिथिमा कांग्रेसले शोकसभा आयोजना गरेको हो ।
शोकसभामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं कोशी प्रदेश सभा सदस्य प्रदीपकुमार सुनुवार, पार्टी सभापति तेजन खनाल (तेजेन्द्र), कांग्रेस नेताहरु बालकृष्ण दाहाल, बिनोद ताम्राकार, नगरसभापति प्रेमराज गुरुङ, महिला नेतृ तारा कार्कीलगायत सहभागी हुनुहुन्थ्यो ।
शोकसभामा स्वर्गीय नेता दाहालले पार्टी संगठन र सामाजिक काममा पुर्याएको योगदानको चर्चा गरिएको थियो ।
दाहाल दम्पति गएको फागुन २२ मा झुण्डिएको अवस्थामा फेला परेका थिए ।