ओखलढुंगा । आज साँझ अविरल वर्षासँगै परेको चट्याङले ओखलढुंगाको चम्पादेवी गाउँपालिका ६ मा एक युवतीको ज्यान गएको छ । खेतमा गहुँ काटिरहेको अवस्थामा चट्याङ लागेर स्थानीय २० वर्षीया सर्मिला कार्कीको ज्यान गएको हो ।
चट्याङ लागेर सोही ठाउँकी १३ वर्षीया अरुणा कार्की घाइते भएकी छिन् । सर्मिलाको प्राथमिक स्वास्थ्य चौकी रानीवनमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । घाइते आरुणाको उपचार भइरहेको र उनको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीको भनाई छ ।