ओखलढुंगाखबरको अनुरोध : ओखलढुंगाखबरडटकममा प्रकाशित समाचार तथा सामग्री केही मिडियाले हुबहु तथा तोडमोड गरी प्रकाशन गरेकोप्रति ओखलढुंगा मिडिया प्रा.लि. को ध्यानाकर्षण भएको छ । यस अनलाइनमा प्रकाशित कुनैपनि सामग्री पत्रिका, अनलाइन तथा रेडियोमा सम्प्रेषण गर्न निषेध गरिएको छ । यस अनुरोधलाई अवज्ञा गरी यस अनलाइनमा प्रकाशित सामग्री हुबहु कपि तथा तोडमोड गरी प्रकाशन÷प्रशारण गरिएको भेटिएमा प्रतिलिपि अधिकार ऐन २०५९ अनुसार कानुनी प्रक्रिया अगाडि बढाइनेछ ।
ओखलढुंगा, भदौ २३ । आज ओखलढुंगामा ९ जनामा कोरोना भाइरस पुष्टि भएसँगै सिद्धिचरण नगरपालिकाले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ ।
नगरपालिकाले अर्को सूचना जारी नभएसम्मका लागि कार्यलय अन्तर्गतका सबै शाखाहरु र मातहतका वडा कार्यालयहरुबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सेवाहरु बन्द गरेको जनाएको छ ।
साथै नगरपालिकाले अत्यावश्यक बाहेकका सेवाहरु बन्द गरिएकाले कार्यालय आउन नपर्ने कर्मचारीहरू खोजी भएको अवस्थामा उपस्थित हुने गरी होम क्वारेन्टाइनमै बसिदिन हुन र संक्रमणको जोखिमलाई मध्यनजर गर्दै उचच सतर्कता अपनाई जनस्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना गरी आवश्यक काम बाहेक हिँड्डुल नगर्न हुन समेत नगरवासीहरूमा अनुरोध गरिएको छ ।