ओखलढुंगा । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका ४ को केत्तुकेमा रहेको जनसेवी बचत तथा ऋण सहकारी संस्थाले ५ दशमलब ५ किलोमिटर दूरीको म्याराथन प्रतियोगिता आयोजना गरेको छ । सहकारीले पर्यटन र स्वास्थ्यका लागि सामाजिक उत्तरदायित्व अन्तर्गत म्याराथन प्रतियोगिता आयोजना गरेको हो ।
वडा नं ४ का बासिन्दालाई मात्रै सहभागी गराइएको उक्त म्याराथनमा १ सय ५० जना सहभागी भएको आयोजक संस्थाले जनाएको छ । म्याराथनमा ३ उमेर समूह बनाएर प्रतियोगिता गरिएको थियो । उक्त प्रतियोगितामा १५ देखि २० वर्ष उमेर समूहका पुरुषतर्फ १९ मिनेट १३ सेकेन्डमा निर्धारितदूरी पार गर्दै टेकेन्द्र राई र महिलतर्फ २५ मिनेट ५४ सेकेन्डमा दूरी पार गर्दै हर्ष राई विजेता बन्नुभएको छ । उक्त उमेर समूहमा पुरुषतर्फ दिर्गाबहादुर राई, डिलन राई र अञ्जन राई क्रमश : द्वितिय, तृतीय र शान्त्वना हुनुभयो । महिलातर्फ भने अनिता तामाङ, यात्ना राई र कोपिला विक क्रमश : द्वितिय, तृतीय र शान्त्वना हुनुभयो ।
यस्तै २१ देखि ४० वर्ष उमेर समूहमा पुरुषतर्फ २० मिनेट ५९ सेकेन्डमा दूरी पार गर्दै चेतबहादुर सार्की र महिलातर्फ २५ मिनेट ४६ सेकेन्डमा निर्धारित दूरी पार गर्दै तिलीमाया तामाङ विजेता बन्नुभयो । उक्त उमेर समूहमा पुरुषतर्फ श्रीधन तामाङ, दिलबहादुर तामाङ र प्रतिमान तामाङ क्रमश : द्वितिय, तृतीय र शान्त्वना हुनुभयो । महिलातर्फ डोलमा तामाङ, रमिला तमाङ र लक्ष्मी गोले क्रमश : द्वितिय, तृतीय र शान्त्वना हुनुभयो ।
४० वर्ष माथिको उमेर समूहमा भने पुरुषतर्फ २४ मिनेट १४ सेकेन्डमा निर्धारित दूरी पार गर्दै डिल्लीशेर तामाङ र महिलातर्फ २९ मिनेट ५० सेकेन्डमा अनिता तामाङ विजेता बन्नुभएको छ । उक्त उमेर समूहमा पुरुषतर्फ जुल्फे तामाङ, अमृतबहादुर तामाङ र एका गुरुङ क्रमश : द्वितिय, तृतीय र शान्त्वना हुनुभयो । यस्तै महिलातर्फ विमला तामाङ, मञ्जुमाया तामाङ र दमुना तामाङ क्रमश : द्वितिय, तृतीय र शान्त्वना हुनुभयो ।
सोही प्रतियोगिताामा अतिथि प्रतियोगीमा मानेभञ्ज्याङ गाउँपालिका २ का प्रविना राई र शोभन राई प्रथम र द्वितीय हुनुभयो ।
विजेतासहित उपविजेता, तृतीय र सान्त्वना हुने धावकलाई मानेभञ्ज्याङ गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र रुम्दाली, उपाध्यक्ष आश्राचन राई, सहकारीका अध्यक्ष मोहन तामाङ, वडाध्यक्ष विष्णु तामाङ र खेलका निर्णायक रुपलाल तामाङले नगद, मेडल र प्रमाणपत्रसहित पुरस्कृत गर्नुभयो । प्रतियोगिताको विजेतालाई २ हजार ५ सय, उपविजेतालाई १ हजार ५ सय, तृतीयलाई १ हजार र सान्त्वनालाई ५ सय नगद प्रदान गरियो ।
हेरौँ प्रतियोगिताका झलकहरु