ओखलढुंगाखबरको अनुरोध : ओखलढुंगाखबरडटकममा प्रकाशित समाचार तथा सामग्री केही मिडियाले हुबहु तथा तोडमोड गरी प्रकाशन गरेकोप्रति ओखलढुंगा मिडिया प्रा.लि. को ध्यानाकर्षण भएको छ । यस अनलाइनमा प्रकाशित कुनैपनि सामग्री पत्रिका, अनलाइन तथा रेडियोमा सम्प्रेषण गर्न निषेध गरिएको छ । यस अनुरोधलाई अवज्ञा गरी यस अनलाइनमा प्रकाशित सामग्री हुबहु कपि तथा तोडमोड गरी प्रकाशन÷प्रशारण गरिएको भेटिएमा प्रतिलिपि अधिकार ऐन २०५९ अनुसार कानुनी प्रक्रिया अगाडि बढाइनेछ ।
ओखलढुंगा, असोज ९ । जिल्लाको सिद्धिचरण नगरपालिका वडा नं ७ मा एलईडी बल्ब उत्पादन सुरू भएको छ । सिद्धिचरण नगरपालिका ७ नं वडाको पहल र नगरपालिकाको अनुदानमा स्थानीय यदुनाथ दाहालले बल्ब उत्पादन सुरू गरेका हुन् ।
नगरपालिकाको १ लाख अनुदान र दाहालको २ लाख लगानीमा ग्रामीण विजुलीघर नामक उद्योग सञ्चालनमा आएको हो । हाल उद्योगको दैनिक ५० वटा बल्ब उत्पादन क्षमता रहेको वडाध्यक्ष बमबहादुर राईले जानकारी दिए । उद्योग सञ्चालनका लागि दाहालले बल्ब बनाउने एउटा मेशिन खरिद गरेका छन् ।
उद्योगबाट अहिले १ सय ५० बल्ब उत्पादन गरिसकिएको वडाध्यक्ष राईको भनाई छ । 'प्याकेजिङ गर्ने खोल नभएका कारण बजारमा लान समस्या भएको छ,' राईले भने, 'चाँडै खोल बनाउने तयारी गरिरहेका छौँ ।'
उद्योग हाल वडामा दर्ता गरिएपनि घरेलु कार्यालयमा दर्ता गर्ने तयारी भइरहेको छ ।