ओखलढुंगा । अमेरिका बस्दै आएका एक युवाको अगुवाइमा ओखलढुंगाको सिद्धिचरण नगरपालिका ८ लगलगेमा कालिजपालन थालिएको छ । झण्डै साढे २ करोडको लगानीमा बहु उद्देश्य योजनासहित दोलमकाजी मगरसहितको टीमले कालिजपालन सुरु गरेको हो ।
सिद्धिचरण नगरपालिका ६ जन्तरखानी घर भएका मगरले विदेशमा रहेर पनि नेपालमा केही गर्न सकिन्छ भन्ने उद्देश्यले व्यवसाय सुरु गरेको बताए । माउन्टेन कृषि फार्मको नाममा लगलगेमा ४२ रोपनी जग्गा खरिद गरेर ५ सय वटा कालिजबाट व्यवसाय सुरु गरिएको छ । मगरले फर्ममा कामदार राखेर कालिज पालन व्यवसाय सुरु गरेका हुन् । फर्मलाई कृषि फर्मका रुपमा विस्तार गर्ने र भविष्यमा रिसोर्टको रुपमा विस्तार गर्ने मगरको योजना छ ।
उनले जन्तरखानीमा समेत माछापालनको लागि तयारी गरिरहेको बताए ।