ओखलढुंगाखबरको अनुरोध : ओखलढुंगाखबरडटकममा प्रकाशित समाचार तथा सामग्री केही मिडियाले हुबहु तथा तोडमोड गरी प्रकाशन गरेकोप्रति ओखलढुंगा मिडिया प्रा.लि. को ध्यानाकर्षण भएको छ । यस अनलाइनमा प्रकाशित कुनैपनि सामग्री पत्रिका, अनलाइन तथा रेडियोमा सम्प्रेषण गर्न निषेध गरिएको छ । यस अनुरोधलाई अवज्ञा गरी यस अनलाइनमा प्रकाशित सामग्री हुबहु कपि तथा तोडमोड गरी प्रकाशन÷प्रशारण गरिएको भेटिएमा प्रतिलिपि अधिकार ऐन २०५९ अनुसार कानुनी प्रक्रिया अगाडि बढाइनेछ ।
ओखलढुंगा, असोज २८ । पछिल्लोपटक आइसोलेसनमा उपचार गराइरहेका ३ जना कोरोना संक्रमितको रिपोर्ट नेगेटिभ आएँसगै ओखलढुंगा जिल्ला कोरोना संक्रमितमुक्त जिल्ला भएको छ । होल्डिङ सेन्टरमा रहेकाहरु, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, स्थानीय, पुराना संक्रमितसहित स्वाब पठाइएका ४३ जनाकै रिपोर्ट मंगलबार नेगेटिभ आएको थियो ।
जिल्लामा हालसम्म सुरुदेखि ६६ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । ती सबै संक्रमणमुक्त भइसकेका छन् । कोरोना संक्रमण देखापरेयता ओखलढुंगा जिल्ला तेस्रोपटक कोरोना संक्रमितमुक्त भएको स्वास्थ्य कार्यालय रुम्जाटारका प्रमुख सुमन तिवारीले बताए ।