ओखलढुंगा, २१ जेठ । जिल्लाको लिखु गाउँपालिकामा आज शुक्रबार एकैदिन १ सय ४० जना नयाँ संक्रमित थपिएका छन् । ३ सय ३५ जनाको पीसीआर परीक्षण गर्दा सो संख्यामा संक्रमित फेला परेका हुन् ।
लिखु गाउँपालिकाले जनाए अनुसार आज थपिएका नयाँ संक्रमित ६७ जना पुरुष र ७३ जना महिला रहेका छन् । सो गाउँपालिकामा हालसम्म संक्रमितको संख्या २ सय ७६ पुगेको छ । जसमध्ये हालसम्म २६ जना निको भएका छन् ।