ओखलढुंगा । जिल्लाको चिशंखुगढी गाउँपालिकाले जिप दुर्घटनाका घाइतेहरुलाई उपचारार्थ ५ लाख आर्थिक सहयोग गर्ने भएको छ । गएको फागुन २१ गते दियालेमा भएको जिप दुर्घटनाका घाइतेहरुलाई गाउँपालिकाले सहयोग उपलब्ध गराउने भएको गाउँपालिका अध्यक्ष निशान्त शर्माले जानकारी दिनुभयो ।
दुर्घटनाका घाइतेहरु अहिलेपनि ओखलढुंगा र काठमाडौँका विभिन्न अस्पतालमा उपचाररत छन् । उक्त दुर्घटनामा २ जनाको ज्यान गएको थियो भने १२ जना घाइते भएका थिए ।