ओखलढुंगा । जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका ९ को दुम्खिममा एउटा घर जलेको छ । आगलागीबाट आज विहान स्थानीय कन्धबहादुर मगरको खरको छाना भएको २ तले घर जलेको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार आगलागीबाट अन्नपात, लत्ताकपडा, भाडावर्तन, काठपात, आधा तोला सुन, नगद दश हजार समेत पूर्ण रुपमा जलेर नष्ट भएको छ । आगलागीबाट २ लाख ८४ हजार क्षति भएको अनुमान गरिएको छ । आगलागी के कारणले भएको हो भन्ने खुलेको छैन ।