ओखलढुंगाखबरको अनुरोध : ओखलढुंगाखबरडटकममा प्रकाशित समाचार तथा सामग्री केही मिडियाले हुबहु तथा तोडमोड गरी प्रकाशन गरेकोप्रति ओखलढुंगा मिडिया प्रा.लि. को ध्यानाकर्षण भएको छ । यस अनलाइनमा प्रकाशित कुनैपनि सामग्री पत्रिका, अनलाइन तथा रेडियोमा सम्प्रेषण गर्न निषेध गरिएको छ । यस अनुरोधलाई अवज्ञा गरी यस अनलाइनमा प्रकाशित सामग्री हुबहु कपि तथा तोडमोड गरी प्रकाशन÷प्रशारण गरिएको भेटिएमा प्रतिलिपि अधिकार ऐन २०५९ अनुसार कानुनी प्रक्रिया अगाडि बढाइनेछ ।
ओखलढुंगा, भदौ २४ । कोरोना भाइरसको संक्रमणको हिसाबले सबैभन्दा बढी जोखिम जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका र सिद्धिचरण नगरपालिका देखिएका छन् । तर संक्रमणको जोखिम रहेको अवस्थामै मानेभञ्ज्याङ गाउँपालिकाको प्रांगणमा दैनिक हरेक साँझ भलिबल म्याच भइरहेको छ ।
मानेभञ्ज्याङका एक स्थानीयले दिएको जानकारी अनुसार भलिबल म्याच दैनिकजसो भइरहेको छ । जसले गर्दा कोरोना भाइरसको संक्रमणको जोखिम बढैको छ । स्थानीयहरु भलिबल म्याच हेर्न भीडभाड गरेर झुम्मिने गरेका छन् ।
जिल्लामा एकैपटक ९ जना संक्रमित थपिएसँगै प्रशासनले भीडभाड नगर्न र स्थानीय तहका अत्यावश्यक सेवा बाहेकका सेवा रोक्न सबै गाउँपालिकालाई निर्देशन दिएको छ । सो गाउँपालिकाको वडा नं ५ ले पनि
आत्यावश्यकबाहेक सेवा प्रबाह रोकिएको जनाएको छ । साथै वडा कार्यालयले बजार क्षेत्र तथा गाउँको मुख्य चोकहरुमा अनावश्यक भीडभाव, भेला, बैठक वा कोरोना संक्रमण फैलन सक्ने खालको क्रियाकलाप नगर्न, नगराउन र अति आवश्यक काममा मात्र हिँडडुल गर्न परेमा स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डको पूर्ण पालना गरी दिन अनुरोध गरेको छ ।
तर यो भलिबल म्याचले वडा कार्यालयको अनुरोधलाई खिल्ली उडाइरहेको छ ।
हेर्नुस् भिडियो