ओखलढुंगाखबरको अनुरोध : ओखलढुंगाखबरडटकममा प्रकाशित समाचार तथा सामग्री केही मिडियाले हुबहु तथा तोडमोड गरी प्रकाशन गरेकोप्रति ओखलढुंगा मिडिया प्रा.लि. को ध्यानाकर्षण भएको छ । यस अनलाइनमा प्रकाशित कुनैपनि सामग्री पत्रिका, अनलाइन तथा रेडियोमा सम्प्रेषण गर्न निषेध गरिएको छ । यस अनुरोधलाई अवज्ञा गरी यस अनलाइनमा प्रकाशित सामग्री हुबहु कपि तथा तोडमोड गरी प्रकाशन÷प्रशारण गरिएको भेटिएमा प्रतिलिपि अधिकार ऐन २०५९ अनुसार कानुनी प्रक्रिया अगाडि बढाइनेछ ।
ओखलढुंगा । जिल्लाको खजिदेम्बा गाउँपालिका ७ रावादोलुमा पुरुष तथा महिला अन्तर वडास्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । यही माघ २९ गतेदेखि १ गतेसम्म हुने प्रतियोगिता खेलकुद विकास समिति रावादोलुले आयोजना गर्न लागेको हो ।
रावादोलुको वडा खेलमैदानमा आयोजना हुने सो प्रतियोगिताका लागि पुरुषतर्फ प्रथम हुने टीमलाई ३५ हजार रुपैया, द्वितीय हुने टीमलाई २० हजार रूपैयाँ र तृतीय हुने टीमलाई १० हजार रुपैयाँ तथा साथमा शिल्ड, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको छ । यस्तै महिलातर्फ प्रथम हुने टीमलाई ९ हजार रुपैया, द्वितीय हुने टीमलाई ७ हजार रूपैयाँ र तृतीय हुने टीमलाई ५ हजार रुपैयाँ तथा साथमा शिल्ड, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
खेलमा बेस्ट सेटर, स्पाइकर, ब्लकर र डिफेन्डरलाई मायाको चिनो उपलब्ध गराइने बताइएको छ ।