ओखलढुंगा । जिल्लाको सिद्धिचरण नगरपालिका ९ नं वडा कार्यालयले खेलाडीहरुलाई सम्मान गरेको छ । कार्यालयले फुटबल प्रतियोगितामा द्वितीय हुने टीमलाई सम्मान गरेको हो ।
प्रगतिशील युवा क्लब वर्णालुको आयोजनामा विहीबार सम्पन्न फुटबल प्रतियोगीतामा ज्यामिरेले द्वितीय स्थान प्राप्त गरेको थियो । खेलाडीहरुको हौसलाका लागि १० हजार नगदसहित वडा कार्यालयका तर्फबाट सम्मान गरेको वडाध्यक्ष गुणबहादुर खड्काले बताउनुभयो ।