ओखलढुंगाखबरको अनुरोध : ओखलढुंगाखबरडटकममा प्रकाशित समाचार तथा सामग्री केही मिडियाले हुबहु तथा तोडमोड गरी प्रकाशन गरेकोप्रति ओखलढुंगा मिडिया प्रा.लि. को ध्यानाकर्षण भएको छ । यस अनलाइनमा प्रकाशित कुनैपनि सामग्री पत्रिका, अनलाइन तथा रेडियोमा सम्प्रेषण गर्न निषेध गरिएको छ । यस अनुरोधलाई अवज्ञा गरी यस अनलाइनमा प्रकाशित सामग्री हुबहु कपि तथा तोडमोड गरी प्रकाशन÷प्रशारण गरिएको भेटिएमा प्रतिलिपि अधिकार ऐन २०५९ अनुसार कानुनी प्रक्रिया अगाडि बढाइनेछ ।
ओखलढुंगा । प्रदेश नं. १ का मुख्य मन्त्री शेरधन राईले आउँदो वैशाखमै मध्यवधि चुनाव हुने ठोकुवा गरेका छन् । नेपाल पत्रकार महासंघ ओखलढुंगाको वार्षिक साधारण सभा तथा भवन उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले चुनाव हुँदैन भन्ने कुरा कहीँ कसैको आदेशमा र कानुनमा नभएको बताएका हुन् ।
उनले अदालतको फैसला चुनाव अघि हुन पनि सक्ने र नहुन पनि सक्ने बताए । राईले सर्वोच्च अदालतमा संसद विघटनका विषयमा बहस चलिरहेकाले बहस लम्बिन पनि सक्ने बताए । मुख्यमन्त्री राईले चुनाव भएपछि अदालतले एकलाइनमा भन्नुपर्ने कुरा भन्नसक्ने भएकाले चुनावका लागि सबैलाई तयारी हुन आग्रह गरेका छन् । राजनैतिक स्थिरताको निम्ति, सुसासन, विकास र समृद्धिका निम्ति जनताले मतदान गरेर अराजकता, अस्थिरता र कुशासनलाई बाइबाइ गर्नुपर्ने बताए ।
उनले बलियो, शक्तिशाली, लोकप्रिय, विकास र समृद्धिको यात्रालाई तीव्र गतिमा लिएर जाने नेतृत्व जनताले चयन गर्ने समेत बताए । मुख्यमन्त्री राईले प्रदेशमा देखिएको राजनैतिक अस्थिरतालाई आफूले चिर्ने र जनताको अभिमतलाई कदर गर्दै अगाडि बढ्ने उनले बताए ।