ओखलढुंगा । गठबन्धनका उम्मेदवारलाई विजयी गराउने ओखलढुंगाका मतदातालाई नेपाली कांग्रेस ओखलढुंगाले धन्यवाद ज्ञपान गरेको छ । ओखलढुंगा कांग्रेसका सभापित तेजन खनाल (तेजेन्द्र) ले आज एक विज्ञप्ति जारी गर्दै धन्यवाद ज्ञापन गर्नुभएको हो ।
संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, धर्म निरपेक्षता, समावेशिता र आर्थिकरुपमा समृद्ध नेपाल निर्माणमा यस यसपटकको जनादेशले स्पष्ट सन्देश दिएको विज्ञप्तिमा बताइएको छ । मतदाताले जिल्लाको विकासको जिम्मा गठबन्धनका निर्वाचित सांसदलाई दिएकाले ओखलढुंगाको सुशासन, समृद्धि र विकासलाई ध्यान दिँदै राष्ट्रिय राजनीतिमा ओखलढुंगाको सम्मानजनक भूमिका स्थापति गर्न नवनिर्वाचित सांसदहरुको विशेष भूमिका रहने बताइएको छ ।
विज्ञप्तिमा मतदाता, निर्वाचन सम्पन्न गर्न सहयोग गर्ने सबै पक्ष र सहयात्री दललगायतलाई आभारसहित धन्यवाद भनिएको छ ।