ओखलढुंगा । जिल्लाखो मोलुङ गाउँपालिका ७ को पात्लेकी एक महिला सुतिरहेको अवस्थामा घरैमा मृत फेला परेकी छिन् । स्थानीय ३६ वर्षीया युटी शेर्पा हिजो साँझ मृत फेला परेकी हुन् । उनी छेपाल शेर्पाकी श्रीमती हुन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार घरभित्र खाटमा सुतिरहेको अवस्थामा मृत फेला परेको स्थानीयको सूचनाका आधारमा प्रहरी टोली त्यहाँ पुगेको थियो । मृत शवलाई कानुनी प्रक्रिया सकेपछि पोष्टमार्टमका लागि रुम्जाटार पठाइएको प्रहरीले जनाएको छ ।