केही दिनअघि भ्रमण वर्ष २०२० का लागि सय गन्तव्य सूचिमा सुचिकृत ओखलढुंगाको पोकली झरना पुगेको थिएँ । लेती र वाच्पु गाउँको बीचमा रहेको सुन्दर पोकली झरना अग्लो पहराबाट उर्लिरहेको थियो । भर्खर वर्षा रोकिएर दिन घामले घमाइलो थियो ।
छेउमै पुगेर हेर्दा पोकली झरनाको वैँश साँच्चिकै मनमोहक थियो । झरनाको किनारमा बस्दा पानीका छिटाले मन आनन्दित बनाइरह्यो । झरनालाई एकोहोरो हेरिरहन मात्रै मन लागिरह्यो । पोकली झरना पुग्दाको सुन्दर क्षणलाई क्यामेरामा कैद नगर्ने कुरै भएन । मैले विभिन्न एंगलबाट ओखलढुंगाखबर डटकमका लागि फोटो कैद गरिरहेको थिएँ ।
प्रस्तुत छ; पोकली झरना र आसपासका तस्बिरहरू-
