ओखलढुंगा । कैलाश टुर्स अपरेटर्स नेपालको शुक्रबार भएको निर्वाचनमा ओखलढुंगाका लिलाबल्दभ दाहाल प्रथम उपाध्यक्ष पदमा विजयी भएका छन् । सरस्वती बहुमुखी क्याम्पसका पुर्ब इकाइ सभापति, नेपाल बिद्यार्थी संघका पुर्ब केन्द्रिय सदस्य, नेपाली कांग्रेस ओखलढुंगाका युवा नेता तथा कांग्रेस महाधिवेशन प्रधिनिधि समेत रहेका पर्यटन व्यवसायी दाहाल विजयी भएका हुन् ।
अपरेटर्सको अध्यक्षमा जितेन्द्र बस्नेत, द्वितीय उपाध्यक्षमा कृष्णप्रसाद ढकाल, महासचिवमा प्रचण्ड मानन्धर, सचिवमा गोपाल थापा र कोषाध्यक्षमा प्रदिप पण्डित निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरुमा सुर्यप्रसाद पाठक, बसन्त वराल, राजन श्रेष्ठ, रामचन्द श्रेष्ठ र विवेक राज देवकोटा विजयी भएका छन् ।