ओखलढुंगा । सय गन्तव्य सुचिमा परेको ओखलढुंगाको देम्बाडाँडामा थोलेदेम्बा सांस्कृतिक महोत्सव तथा अन्तर खुला पालिकास्तरीय भलिबल प्रतियोगिता हुने भएको छ । ३३ सय ५० मिटर अग्लो उचाईमा रहेको देम्बाडाँडामा नयाँ वर्षको अवसर पारेर महोत्सव तथा भलिबल प्रतियोगिता हुने भएको हो ।
स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद, मनोरञ्जनका लागि खेलकुद, खेलकुद पर्यटन प्रबद्र्धनका लागि खेलकुद भन्ने नाराका साथ दावा एग्रो टुरिजम प्रा. लि.ले महोत्सव तथा भलिबल प्रतियोगिता आयोजना गर्न लागेको हो । आउँदो चैत २९ गतेबाट भलिब खेलको शुभारम्भ हुने र वैशाख १ गते खेल समापन गरिने आयोजकले जनाएको छ । भलिबल प्रतियोेगितमा नेपालभरबाट सहभागी हुन पाउने तर सबै खेलाडी एउटै स्थानीय तहको हुनुपर्ने नियम राखिएको छ । सो प्रतियोगितामा राष्ट्रिय खेलमा सहभागिता जनाइसकेका र छनोट परेका खेलाडीलाई सहभागी गराउन नपाउने व्यवस्था गरिएको आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम हुने टीमलाई १ लाख नगद, द्वितीय हुने टीमलाई ५० हजार र तृतीय हुने टीमलाई शिल्ड २५ हजार नगद पुरस्कारको व्यवस्था गरिएको छ । साथै सो टीमलाई शिल्ड, मेडल र प्रमाणपत्रको समेत व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
साथै सो टीमलाई शिल्ड, मेडल र प्रमाणपत्रको समेत व्यवस्था गरिएको आयोजक संस्था दावा एग्रो टुरिजम प्रा लिका अध्यक्ष आङ दावा शेर्पाले जानकारी दिए । सोही अवसरमा वैशाख १ गते र्वहनत सांस्कृतिक महोत्सव आयोजना गरिने बताइएको छ ।