ओखलढुंगाखबरको अनुरोध : ओखलढुंगाखबरडटकममा प्रकाशित समाचार तथा सामग्री केही मिडियाले हुबहु तथा तोडमोड गरी प्रकाशन गरेकोप्रति ओखलढुंगा मिडिया प्रा.लि. को ध्यानाकर्षण भएको छ । यस अनलाइनमा प्रकाशित कुनैपनि सामग्री पत्रिका, अनलाइन तथा रेडियोमा सम्प्रेषण गर्न निषेध गरिएको छ । यस अनुरोधलाई अवज्ञा गरी यस अनलाइनमा प्रकाशित सामग्री हुबहु कपि तथा तोडमोड गरी प्रकाशन÷प्रशारण गरिएको भेटिएमा प्रतिलिपि अधिकार ऐन २०५९ अनुसार कानुनी प्रक्रिया अगाडि बढाइनेछ ।
ओखलढुंगा । सय पर्यटकीय गन्तव्य सूचिमा परेको ओखलढुंगाको खिजिदेम्बा गाउँपालिकामा रहेको ३ हजार ३ सय ५० मिटर अग्लो देम्बाडाँडा जाने पदमार्ग निर्माण गरिएको छ । संघीय सरकारको आर्थिक सहयोगमा सहयोगमा खिजिदेम्बा गाउँपालिकाले पदमार्ग निर्माण गरेको हो ।
पदमार्गका लागि खिजिफलाटे नजिकैको चुप्लुभञ्ज्याङबाट देम्बाडाँडासम्म जाने ७ सय २३ मिटर बाटो सोलिङ गरिएको छ । २ वटा प्रतीक्षालय निर्माण सम्पन्न भएको छ । देम्बाडाँडा आसपासमा ढुंगा नपाइने हुँदा धेरैजसो ठाउँमा ढुंगा बोकेरै सोलिङ गरिएको छ । देम्बाडाँडाको चुचुरो आसपासमा भने चपरी बिछ्याइएको छ । गाउँपालिकाले अफ्ट्यारो ठाउँमा रेलिङ समेत राख्ने योजना बनाइरहेको गाउँपालिका अध्यक्ष वेदबहादुर रोकाले बताए ।
गाउँपालिकाले संघीय सरकारबाट पाउने ५० लाख बजेटमध्ये पहिलो किस्ता वापतको २५ लाखको काम गरेको हो । पदमार्ग निर्माणको काम यसअघि नै सकिनुपर्ने भएपनि लकडाउनका कारण काम प्रभावित भएको अध्यक्ष रोकाको भनाई छ ।
गाउँपालिकाले स्थानीय श्रमको सदुपयोग गरेर पदमार्ग निर्माण गरेको हो ।