ओखलढुंगाखबरको अनुरोध : ओखलढुंगाखबरडटकममा प्रकाशित समाचार तथा सामग्री केही मिडियाले हुबहु तथा तोडमोड गरी प्रकाशन गरेकोप्रति ओखलढुंगा मिडिया प्रा.लि. को ध्यानाकर्षण भएको छ । यस अनलाइनमा प्रकाशित कुनैपनि सामग्री पत्रिका, अनलाइन तथा रेडियोमा सम्प्रेषण गर्न निषेध गरिएको छ । यस अनुरोधलाई अवज्ञा गरी यस अनलाइनमा प्रकाशित सामग्री हुबहु कपि तथा तोडमोड गरी प्रकाशन÷प्रशारण गरिएको भेटिएमा प्रतिलिपि अधिकार ऐन २०५९ अनुसार कानुनी प्रक्रिया अगाडि बढाइनेछ ।
ओखलढुंगा । डिभिजन वन कार्यालय ओखलढुंगाले जिल्लाका ६ वटा सामुदायिक वनमा आकर्षक पार्क निमार्ण गरिरहेको छ । कार्यालयले सामुदायिक वनसँगको सहकार्यमा पार्क निमार्ण गर्ने काम अन्तिम चरणमा पुर्याएको छ ।
पर्यटन प्रबर्द्धन तथा पूर्वाधार विकास कार्यक्रम अन्तर्गत निर्माण भइरहेको पार्कमा प्रतीक्षालय, रेलिङसहितको सिँढी, बगैँचालगायतका संरचना निमार्ण भइरहेको छ । ६० लाख बजेटमा ६ वटा सामुदायिक वनमा पार्क निर्माण भइरहेको डिभिजन वन कार्यालयका डिभिजन वन अधिकृत भरतबाबु श्रेष्ठले ओखलढुंगाखबरलाई बताए । पार्क निमार्णको काम यसै आर्थिक वर्षमा सम्पन्न गरिने समेत उनको भनाई छ ।
कार्यालयले लिखु गाउँपालिका ३ को थामपाखा सामुदायिक वन, चम्पादेवी ३ को तोरीवारी सामुदायिक वन, सुनकोसी ८ को देवीस्थान सामुदायिक वन, सिद्धिचरण ९ को ज्यामिरे सामुदायिक वन, सिद्धिचरण ११ को कालीकादेवी महिला सामुदायिक वन र चिशंखुगढी ३ को जामुने कमेरेपानी सामुदायिक वनका उपभोक्ता समितिसँगको सहकार्यमा पार्क निर्माण गरिरहेको छ ।