ओखलढुंगाखबरको अनुरोध : ओखलढुंगाखबरडटकममा प्रकाशित समाचार तथा सामग्री केही मिडियाले हुबहु तथा तोडमोड गरी प्रकाशन गरेकोप्रति ओखलढुंगा मिडिया प्रा.लि. को ध्यानाकर्षण भएको छ । यस अनलाइनमा प्रकाशित कुनैपनि सामग्री पत्रिका, अनलाइन तथा रेडियोमा सम्प्रेषण गर्न निषेध गरिएको छ । यस अनुरोधलाई अवज्ञा गरी यस अनलाइनमा प्रकाशित सामग्री हुबहु कपि तथा तोडमोड गरी प्रकाशन÷प्रशारण गरिएको भेटिएमा प्रतिलिपि अधिकार ऐन २०५९ अनुसार कानुनी प्रक्रिया अगाडि बढाइनेछ ।
ओखलढुंगा । ओखलढुंगाको मोलुङ गाउँपालिका वडा नं ६ मा रहेको उर्गेन छ्योलिङ गुम्बाको आयव्यय सार्वजनिक गरिएको छ । मोलुङ गाउँपालिकाको सहयोगमा गुम्बामा गरिएको थाङ्का पेन्टिङको आयव्यय सार्वजनिक गरिएको हो ।
थाङ्का पेन्टिङका लागि सो गुम्बामा गाउँपालिकाको सहयोग २ लाख र श्रमदान ७२ हजार २ सय ७० गरी २ लाख ७२ हजार २ सय ७० रुपैयाँ खर्च भएको गुम्बाका अध्यक्ष फुर्वा शर्पाले ओखलढुंगाखबरलाई जानकारी दिए ।