ओखलढुंगा, १४ फागुन । ग्रीन भेन्चर्स लिमिटेडले आयोजना प्रभावितका लागि खुला गरेको लिखु ४ जलविद्युत आयोजनाको साधारण शेयर करिब ७० प्रतिशत बिक्री भएको छ । शेयर खरिदबिक्री गर्ने समयसीमा २ दिन बाँकी रहँदा उक्त मात्रामा शेयर बिक्री भएको हो ।
शेयर खरिद तथा बिक्री गर्ने समयसीमा यही फागुन १६ गते सकिँदैछ । १०० रुपैयाँ अंकित दरको ३१ लाख २५ हजार कित्ता सेयर आयोजनाले प्रभावित क्षेत्रका बासिन्दालाई बिक्री गरिरहेको छ । आयोजनाको प्रभावित क्षेत्र ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका १, २, ३, लिखु गाउँपिलका ९ र रामेछापको उमाकुण्ड गाउँपालिका ७ लाई तोकिएको छ । गाउँगाउँमा पुगेर मेगा बैंकको मन्थली शाखाले शेयर खरिद गर्न प्रभावित बासिन्दालाई सहजीकरण गरेपछि शेयर बिक्री उल्लेख्य भएको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले जनाएको छ ।
ग्रीन भेन्चर्सले निर्माण गरेको लिखु-४ आयोजना ५२.४ मेगावाट क्षमताको आयोजना हो ।