ओखलढुंगा । सय गन्तव्य सुचिमा परेको ओखलढुंगाको देम्बाडाँडामा अन्तर पालिकास्तरीय थोलेदेम्बा कप भलिबल प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम सुरु भएको छ । ३३ सय ५० मिटर उचाईमा रहेको देम्बाडाँडामा नयाँ वर्षको अवसर पारेर प्रतियोगिता सुरु भएको हो ।
स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद, मनोरञ्जनका लागि खेलकुद, खेलकुद पर्यटन प्रबद्र्धनका लागि खेलकुद भन्ने नाराका साथ दावा एग्रो टुरिजम प्रा. लि.ले भलिबल प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिताको उद्घाटन ओखलढुंगाका प्रदेश सांसद मोहन खड्काले आज गरेका हुन् ।
आजबाट सुरु भएको खेल चैत ३१ गते समापन गरिने आयोजक दावा एग्रो टुरिजम प्रा लिका अध्यक्ष आङ दावा शेर्पाले बताए । कार्यक्रमको अन्तिम दिन सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिने आयोजकले जनाएको छ ।